काठमाडौंको जाम : सर्वसाधारणको निद हराम ! (भिडियो रिपोर्ट)

काठमाडौँ उपत्यकामा ट्राफिक जाम हुनु कुनै नौलो विषय होइन । थापाथली, माइतीघर, रत्नपार्क, बानेश्वर, कोटेश्वर, कलंकीजस्ता ठाउँ सधैँ ट्राफिक जामले अस्तव्यस्त हुने गर्छन्। पहिले निश्चित समयमा हुने जाम पछिल्लो समय भने बढ्दो छ । अझ राजनीतिक दलहरूका गतिविधि तथा विभिन्न विरोधका गतिविधि बढ्दा त झनै सर्वसाधारणले ट्राफिक जामको पराकाष्ठा नै भोग्नु परिरहेको छ। समयमा गन्तव्यमा पुग्न नसक्दा सर्वसाधारण ठुलो पीडामा छन् ।
एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक साधन पनि जाममा फस्नुपर्दा अवस्था झनै जर्जर बन्दै गइरहेको छ । उपत्यकाको जनघनत्व र सवारी चाप बढ्दै जाँदा सवारी साधनको अनुपातमा बाटोको अवस्था भने उही छ । सडकमा उचित स्थानमा जेब्राक्रस तथा आकाशे पुल नहुनुले पनि ट्राफिक जाम बढाउन सहयोग पुगिरहेको सर्वसाधारणको गुनासो छ । चोक चोकमा राखिएका ट्राफिक लाइटमा पनि समस्या उस्तै छ । केही समय खुब ट्राफिक व्यवस्थापनमा जुट्ने ट्राफिक प्रहरी पुनः सेलाउने र ट्राफिक लाइटमा आउने समस्याले पनि जनताले खुवै दुःख पाइरहेका छन्।
पैदलयात्री र सवारी चालककै लापरबाहीले पनि ट्राफिक जाम बढिरहेको कतिपयको गुनासो छ । समस्या बढ्दै जाँदा अब यसको समाधान के भन्ने प्रश्न खडा भएको छ। दलका नेता र नेतृत्व तह लामो लामो साइरन हान्दै सडकमा हुइँकिने तर सर्वसाधारणलाई भने सधैँ मारको अवस्थाले पिरोली रहँदा यसको दिगो समाधान खोज्नु जरुरी छ। भइरहेका सडकको स्तरोन्नतिदेखि सवारी चाप नियन्त्रणमा सरोकारवाला निकायको ध्यान जानुपर्ने सर्वसाधारणको मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित