शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : नेतृत्व बदल्छु भन्ने नै बदलिए, संसद्‍मा सकस

मङ्गलबार, २८ मङ्सिर २०७८, १९ : ३९
मङ्गलबार, २८ मङ्सिर २०७८

आज २०७८ मंसिर २८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. संसदको सकस

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको विरोधकाबीच प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्‍चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन् । मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका हुन् । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताएका छन् ।

२. बागमती प्रदेश मन्त्रिपरिषद विस्तार

बागमती प्रदेश मन्त्रिपरिषद विस्तार गरिएको छ । सत्ता साझेदार दललाई समेटेर मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् । जसअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ छन् । 

३. एमसीसीको विरोध

दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंगलबार संसद भवन घेराउ गरेको छ । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

४. गेम ओभर?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा निर्वाचनको तयारी भइरहेको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका कारण दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको हो । दोस्रो चरणको चुनावी रेसबाट बाहिरिएका बाँकी तीन उम्मेदवारमध्ये प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई नै सघाउने घोषणा गरिसकेका छन् । यसले गर्दा दोस्रो चरण देउवाका लागि सहज भएको हो ।

५. जन्मियो नयाँ पार्टी

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । 

६. प्रचण्डविरुद्ध खनिए लगानीकर्ता

सेयर बजारका लगानीकर्ता नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध खनिएका छन् । प्रचण्डले पुँजीबजारलाई साम्राज्यवादको रुपमा व्याख्या गरेपछि लगानीकर्ता उनीविरुद्ध खनिएका हुन् । प्रचण्डले पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उत्पादनमूलक उद्योगमा लगानी हुनुपर्ने पैसा सेयरमा लगानी हुनु साम्राज्यवादको रूप भएको व्याख्या गरेका थिए ।  

७. संसदीय बोर्डको गठन

नेकपा माओवादी केन्द्रले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । 

८. संसदको सकस

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको कारोबार आजका लागि बन्द भएको छ । परिसूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई कारोबार स्थगित गरिएको हो । यसअघि, परिसूचक पाँच प्रतिशतले बढेपछि कारोबार ४० मिनेटलाई रोकिएको थियो ।

९. २६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको विरोधकाबीच प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्‍चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका हुन् ।

१०. अपराधका खबर


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप