बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिनेछ : कानुनमन्त्री बडू

मङ्गलबार, २८ मङ्सिर २०७८, १८ : ५३
मङ्गलबार, २८ मङ्सिर २०७८

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा ९एमाले० सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको र नेपाली कांग्रेसको महाधिवेशन जारी रहेकाले दलहरुको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने बताएका हुन् । 

उनले आजको बैठकमा पनि अध्यादेश पेशबाहेक अन्य कार्यसूची अघि नबढाइएकाले निजामति कर्मचारी विधेयकजस्ता महत्वपूर्ण विधेयकमा छलफल गर्नुपर्ने कार्यसूची ल्याउन सदनको अवरोध हटाइ प्रतिपक्षसँग उचित वातारण निर्माण गरिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप