शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हिरोइन बोकेर कैदीलाई भेट्न जाँदा पक्राउ

मङ्गलबार, २८ मङ्सिर २०७८, १८ : २०
मङ्गलबार, २८ मङ्सिर २०७८

 कैलालीमा लागुऔषध खैरो हिरोइन बोकेर कैदीलाई भेट्न गएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार लागु औषध मुद्दामा जिल्ला कारागार कैलालीमा रहेका सिद्धार्थ बडेललाई भेट्न आएका धनगढी उपमहानगर–४ बस्ने उत्तम सिंहलाई प्रहरीले खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बडेललाई गेटमा चेक गर्दा उनको साथबाट १८० मिलीग्राम खैरो हिरोइन फेला परेको प्रहरीको भनाइ छ । उनलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप  अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप