तमलोपा दर्ता, केन्द्रीय कार्यालय जनकपुरधाम
मधेसमा नयाँ दल दर्ता गरिएको छ । महन्थ ठाकुरको नेतृत्वमा रहेको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी राष्ट्रिय जनता पार्टी गठन भएसँगै विलय भएको थियो । नवगठित जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसकेको छ । योसँगै तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरिएको छ ।
रविशंकर कुमार कर्णको अध्यक्षतामा तराई मधेस लोकतान्त्रिक पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर र सनाखत पछि तराई मधेस लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रूपमा मान्यता दिँदै दर्ता गरेको छ । सो दलको दर्ता नम्बर १७५ रहेको अध्यक्ष कर्णले जानकारी दिए । दलको केन्द्रीय कार्यालय भने जनकपुरधाम नै राखेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गरिएको र आयोगबाट मङ्सिर ९ मा निर्णय भएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जनाए ।

अध्यक्ष कर्णले गत साउन १२ मा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र हस्तान्तरणका लागि आज बोलाएको अध्यक्ष कर्णले बताए । सो पार्टीको २१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
सो पार्टीको चुनाव चिन्ह कलश तथा पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रंग रहेको छ । तत्कालीन तमलोपाको चुनाव चिन्ह जोडा बैल थियो । नेपाली काँग्रेसबाट अलग भएर महन्थ ठाकुरले तमलोपा गठन गरेको थियो । सो पार्टीका अध्यक्ष ठाकुरले ६ वटा मधेस केन्द्रित दल २०७४ सालमा एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो । अहिले भने ठाकुरको नेतृत्वमा लोसपा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
-
५ जना मृत अवस्थामा फेला
-
अस्वस्थकर मासुका परिकार बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई दुई लाख ५ हजार जरिबाना
-
के अझै फ्रान्स नै प्रबल दाबेदार हो, स्पेनले सक्ला रोक्न ?
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण