तमलोपा दर्ता, केन्द्रीय कार्यालय जनकपुरधाम

मधेसमा नयाँ दल दर्ता गरिएको छ । महन्थ ठाकुरको नेतृत्वमा रहेको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी राष्ट्रिय जनता पार्टी गठन भएसँगै विलय भएको थियो । नवगठित जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसकेको छ । योसँगै तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरिएको छ ।
रविशंकर कुमार कर्णको अध्यक्षतामा तराई मधेस लोकतान्त्रिक पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर र सनाखत पछि तराई मधेस लोकतान्त्रिक पार्टीलाई छुट्टै दलको रूपमा मान्यता दिँदै दर्ता गरेको छ । सो दलको दर्ता नम्बर १७५ रहेको अध्यक्ष कर्णले जानकारी दिए । दलको केन्द्रीय कार्यालय भने जनकपुरधाम नै राखेका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टी नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गरिएको र आयोगबाट मङ्सिर ९ मा निर्णय भएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जनाए ।
अध्यक्ष कर्णले गत साउन १२ मा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र हस्तान्तरणका लागि आज बोलाएको अध्यक्ष कर्णले बताए । सो पार्टीको २१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
सो पार्टीको चुनाव चिन्ह कलश तथा पार्टीको झण्डामा माथिको आधा भाग केसरिया र आधा हरियो रंग रहेको छ । तत्कालीन तमलोपाको चुनाव चिन्ह जोडा बैल थियो । नेपाली काँग्रेसबाट अलग भएर महन्थ ठाकुरले तमलोपा गठन गरेको थियो । सो पार्टीका अध्यक्ष ठाकुरले ६ वटा मधेस केन्द्रित दल २०७४ सालमा एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो । अहिले भने ठाकुरको नेतृत्वमा लोसपा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित, बजेटका सिद्धान्त र प्राथमिकता पेस
-
गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही
-
राजस्व छलीमा संलग्न भनिएका न्युट्रास्युटीकलका अध्यक्ष झा पक्राउ
-
रोशनी शाही मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
-
नेसपा संयोजकमा गंगानारायण श्रेष्ठ चुनिए, साेमबार माओवादी केन्द्रसँग एकता हुँदै