‘अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ’ भन्दै ठगी गर्ने पक्राउ
मङ्गलबार, २८ मङ्सिर २०७८, १७ : ३५
आफूलाई ‘अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ’ भनेर जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौँको बबरमहल बस्ने ३८ वर्षीय सञ्जीव कुमार साह रहेका छन् ।
साहले भक्तपुर घर भएका उत्सव सुजखुलाई एभरेस्ट बैंकको उपत्यकाको कुनै पनि स्थानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेका थिए । सुजखुको उजुरीको आधारमा अपराध महाशाखाको टोलीले साहलाई माइतीघरबाट पक्राउ गरेको हो । साहलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण