शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ’ भन्दै ठगी गर्ने पक्राउ

मङ्गलबार, २८ मङ्सिर २०७८, १७ : ३५
मङ्गलबार, २८ मङ्सिर २०७८

आफूलाई ‘अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ’ भनेर जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौँको बबरमहल बस्ने ३८ वर्षीय सञ्जीव कुमार साह रहेका छन् ।

साहले भक्तपुर घर भएका उत्सव सुजखुलाई एभरेस्ट बैंकको उपत्यकाको कुनै पनि स्थानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेका थिए । सुजखुको उजुरीको आधारमा अपराध महाशाखाको टोलीले साहलाई माइतीघरबाट पक्राउ गरेको हो । साहलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप