शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

२६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

मङ्गलबार, २८ मङ्सिर २०७८, १७ : २६
मङ्गलबार, २८ मङ्सिर २०७८

देशभर २६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ७०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२९ तथा एन्टिजेन विधिबाट ३५ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३६२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ७ हजार ५१६ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ६८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ लाख ३६ हजार ४८२ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप