२६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
मङ्गलबार, २८ मङ्सिर २०७८, १७ : २६
देशभर २६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ७०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२९ तथा एन्टिजेन विधिबाट ३५ जनाको सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३६२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ७ हजार ५१६ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ६८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ लाख ३६ हजार ४८२ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण