बागमती प्रदेश मन्त्रिपरिषद विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्री थपिए
बागमती प्रदेश मन्त्रिपरिषद विस्तार गरिएको छ । सत्ता साझेदार दललाई समेटेर मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् ।
जसअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ छन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम छ । यसअघि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार सदस्यमात्र थिए । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान र भौतिक पूर्वाधार विकासमा कृष्णलाल भँडेल यसअघि नै नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण