बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सांसदको नाराबाजीकाबीच प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

मङ्गलबार, २८ मङ्सिर २०७८, १४ : ३३
मङ्गलबार, २८ मङ्सिर २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको विरोधकाबीच प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्‍चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका हुन् ।

त्यस्तै मन्त्री बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् ।  एमाले सांसदको नाराबाजीकै बीच सभामुख सापकोटाले रेल्वे अध्यादेश पेश गर्न अनुमति दिएपछि उक्त अध्यादेश पनि मन्त्री बडुले पेश गरेका छन् । त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् ।

सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपतिले बैठक आव्हानसम्बन्धी पत्र पढेर सुनाए लगत्तै एमाले सांसदहरु उठेर रोस्ट्रम घेर्दै  नाराबाजी गरेका थिए ।

सभामुख सापकोटाले अर्को बैठक पुस ६ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप