बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिमा नेतृत्व परिवर्तनको चाहना देखिएन, वास्तविकतालाई स्वीकार्नुपर्छ : निधि

मङ्गलबार, २८ मङ्सिर २०७८, १४ : १८
मङ्गलबार, २८ मङ्सिर २०७८

काँग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिले महाधिवेशन प्रतिनिधिमा नेतृत्व परिवर्तनको चाहना नदेखिएको बताएका छन् । उनले आफूले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने ठानेपनि प्रतिनिधिमा परिवर्तनको आकांक्षा नदेखिएको बताए । अहिले प्रतिनिधिकै भावनाअनुसार आफूले दोस्रो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय लिएको निधिको भनाइ छ  

‘यो महाधिवेशनबाट नयाँ नेतृत्व आउने ठानेको थिएँ। तर, प्रतिनिधिहरूमा परिवर्तनको चाहना देखिएन’, रातोपाटीसँग निधिले भने, ‘यो वास्तविकतालाई स्वीकार्नु पर्छ। राजनीतिक परिस्थिति अनुसार निर्णय लिनुपर्छ ।’ 

उनले निर्वाचन प्रणालीमा उम्मेदवारी दिनु कुनै विद्रोह नभएको पनि जिकिर गरे । ‘प्रकाशमान जी र मेरो निरन्तर कुराकानी भइरहेको थियो, साथीहरुसँग सल्लाह गरेर नै निर्णय गरेको हुँ’, निधिले भने । 

निधिसँगै प्रकाशमान सिंहले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् । पहिलो चरणको निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिएका दुबै जना कम भोट ल्याएपछि निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप