परिसूचक ६ प्रतिशतले बढेपछि कारोबार स्थगित
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको कारोबार आजका लागि बन्द भएको छ । परिसूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई कारोबार स्थगित गरिएको हो । यसअघि, परिसूचक पाँच प्रतिशतले बढेपछि कारोबार ४० मिनेटलाई रोकिएको थियो ।
कारोबार खुलेको केही समयमै पाँच प्रतिशतभन्दा बढीले बढेर छ प्रतिशत पुगेपछि आजको कारोबार बन्द भएको हो । ६ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २४ सय १८ अंकमा पुगेको छ । ६ प्रतिशतको वृद्धिसँगै परिसूचक १३७ अंकले बढेको हो ।
यसक्रममा आज एक अर्ब ८४ करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर किनबेच भएको छ । आज परिसूचक बढेसँगै बजारमा सेयर बेच्ने भन्दा किन्नेको भिड बढी देखिएको थियो । लगानीकर्ताले आफ्नो सेयर बेच्न नचाहँदा कारोबार रकम न्यून रह्यो ।
आज कारोबारमा आएका १३ वटै समूहमा उच्च वृद्धि आएको छ । जीवन बीमा समूहमा सबैभन्दा बढी ६६१ अंकको र निर्जीवन बीमा समूहमा ६४५ अंकको वृद्धि आएको छ । यसपछि, विकास बैंक समूहमा ३५८ अंक र उत्पादनमूलक समूहमा ३०४ अंकको सुधार आएको छ ।
लघुवित्त समूह २८५ अंक, जलविद्युत समूहमा १९८ अंक, व्यापार समूह १८० अंक, होटल र टुरिजम १७३, वित्त १६७ अंकले बढेको छ । बजार ६ प्रतिशतले बढेको दिन ३९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ११ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण