शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

परिसूचक ६ प्रतिशतले बढेपछि कारोबार स्थगित

मङ्गलबार, २८ मङ्सिर २०७८, १४ : १९
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको कारोबार आजका लागि बन्द भएको छ । परिसूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई कारोबार स्थगित गरिएको हो । यसअघि, परिसूचक पाँच प्रतिशतले बढेपछि कारोबार ४० मिनेटलाई रोकिएको थियो ।

कारोबार खुलेको केही समयमै पाँच प्रतिशतभन्दा बढीले बढेर छ प्रतिशत पुगेपछि आजको कारोबार बन्द भएको हो । ६ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २४ सय १८ अंकमा पुगेको छ । ६ प्रतिशतको वृद्धिसँगै परिसूचक १३७ अंकले बढेको हो ।

यसक्रममा आज एक अर्ब ८४ करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर किनबेच भएको छ । आज परिसूचक बढेसँगै बजारमा सेयर बेच्ने भन्दा किन्नेको भिड बढी देखिएको थियो । लगानीकर्ताले आफ्नो सेयर बेच्न नचाहँदा कारोबार रकम न्यून रह्यो ।

आज कारोबारमा आएका १३ वटै समूहमा उच्च वृद्धि आएको छ । जीवन बीमा समूहमा सबैभन्दा बढी ६६१ अंकको र निर्जीवन बीमा समूहमा ६४५ अंकको वृद्धि आएको छ । यसपछि, विकास बैंक समूहमा ३५८ अंक र उत्पादनमूलक समूहमा ३०४ अंकको सुधार आएको छ ।

लघुवित्त समूह २८५ अंक, जलविद्युत समूहमा १९८ अंक, व्यापार समूह १८० अंक, होटल र टुरिजम १७३, वित्त १६७ अंकले बढेको छ । बजार ६ प्रतिशतले बढेको दिन ३९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ११ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप