सभामुख नसच्चिएसम्म संसद बैठकमा एमालेले नाराबाजी जारी राख्ने

सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएको छ । मंगलबार संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका हुन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘हामीले पहिलेदेखि जसरी नाराबाजी गर्दै आएका थियौ, त्यसलाई निरन्तरता दिने कुरा भयो ।’
बैठकमा अध्यक्ष ओलीले सभामुखको कार्यशैलीको चर्को विरोध गरेका थिए । ‘सभामुखले पार्टीलाई विभेद गर्नुभएको छ । यो अन्याय एमालेले सहनुहुँदैन, सोही कारण हामीले प्रतिवाद गरेका हौ । कुनैपनि हालतमा सभामुख सच्चिनुपर्छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल