शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभामुख नसच्चिएसम्म संसद बैठकमा एमालेले नाराबाजी जारी राख्ने

मङ्गलबार, २८ मङ्सिर २०७८, १४ : ०३
मङ्गलबार, २८ मङ्सिर २०७८

सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएको छ ।  मंगलबार संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका हुन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘हामीले पहिलेदेखि जसरी नाराबाजी गर्दै आएका थियौ, त्यसलाई निरन्तरता दिने कुरा भयो ।’

बैठकमा अध्यक्ष ओलीले सभामुखको कार्यशैलीको चर्को विरोध गरेका थिए । ‘सभामुखले पार्टीलाई विभेद गर्नुभएको छ । यो अन्याय एमालेले सहनुहुँदैन, सोही कारण हामीले प्रतिवाद गरेका हौ । कुनैपनि हालतमा सभामुख सच्चिनुपर्छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै भट्टराईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप