शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यरातमा बनारसका सडक अवलोकनमा निस्किए मोदी

मङ्गलबार, २८ मङ्सिर २०७८, १३ : ५०
मङ्गलबार, २८ मङ्सिर २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मध्यरातमा बनारसका सडकहरूको अवलोकन गरेका छन् । मंगलबार बिहान साढे १२ बजे प्रधानमन्त्री मोदीले आफ्नो निर्वाचन क्षेत्र बनारसका विभिन्न स्थानको अवलोकन गरेका हुन् । सो अवसरमा उनले काशीका महत्त्वपूर्ण विकास निर्माणका आयोजना, कोरिडरलगायतका क्षेत्रको निरीक्षण गरेका थिए ।

मोदीलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले साथ दिएका थिए । विभिन्न क्षेत्रको अवलोकन गरेपछि मोदीले गंगामा स्नान गरेर काशी विश्वनाथ मन्दिरको दर्शन गरेका थिए । 

उत्तर प्रदेशमा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ । बनारस भ्रमणको विभिन्न तस्विर मोदीले ट्विट गरेका थिए । मोदीले रेल कनेक्टिभिटी चुस्त र सुबिधा सम्पन्न बनाउन निर्देशन दिएका थिए । मोदीले रेलमार्ग स्टेसन बृद्धि गरिने पनि प्रतिबद्धता जनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप