संघीय संसद सेवा दिवस अध्यक्षद्वारा बहिष्कार
मङ्गलबार, २८ मङ्सिर २०७८, १२ : ३५
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद सेवा दिवस बहिस्कार गरेका छन् । मंगलबार परेको उक्त दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सना सहभागी नभई बहिस्कार गरेका हुन् । संघीय संसद सचिवालय स्रोतका अनुसार अध्यक्ष तिमिल्सिनालाई उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा राखिएको थियो ।
त्यस्तै यसअघि सोमबार पनि अध्यक्ष तिमिल्सिना संघीय संसद सेवा दिवस मुल समारोह समितिको बैठकमा समेत सहभागी भएका थिएनन् । ‘अध्यक्षज्युले संघीय संसदमा लगातार यस्तो अनौठो भूमिका खेल्नुभएको छ, हामीलाई पनि आश्चार्य लागेको छ ।’
संसद सचिवालयका एक कर्मचारीले रातोपाटीसँग भने, ‘यो दिवस संसदका कर्मचारीहरुका लागि विशेष महत्व हुन्छ ।’ यता अध्यक्ष तिमिल्सिनाका स्वकीय सचिव ऋचा पोखरेलले यसबारे आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् सिन्धुलीगढी युद्ध सङ्ग्रहालय
-
यस्तो थियो विक्की कट्रिनाको पहिलो भेट
-
मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम
-
दुर्घटनामा ५ जनाको मृत्यु (विवरणसहित)
-
रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?
-
वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ