माओवादी केन्द्रले गर्यो संसदीय बोर्डको गठन
मङ्गलबार, २८ मङ्सिर २०७८, १२ : १३
नेकपा माओवादी केन्द्रले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो ।
संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ ।
सांसदहरूले उठाएका विषयमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले जवाफ दिएको बैठकले मंगलबार सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएको छ ।
साथै बैठकले सर्वदलीय बैठक बसेर संसदीय गत्यावरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ । संघीय संसदको दुवै सदनको मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण