सिद्धार्थ बैंकको सीईओमा कडेल नियुक्त
मङ्गलबार, २८ मङ्सिर २०७८, ११ : ३९
सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद कडेल नियुक्त भएका छन् । सोमबार बसेको बैंक संचालक समितिको ३८५ औं बैठकले कडेललाई सीईओ नियुक्त गरेको हो ।
योसँगै सीईओ कडेलले अब २०७८ मंसिर २७ गतेदेखि चार वर्ष बैंकको नेतृत्व सम्हाल्नेछन् । यसअघि उनी सोही बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (डपुटी सीईओ) रहेका थिए । गत साउन, २०७८ मा कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।
गत साउनमा नै बैंकका निवर्तमान सीईओ शम्भुनाथ गौतमको कार्यकाल समाप्त भएसँगै उक्त पद खाली रहँदै आएको थियो । करिब चार महिनापछि बैंकले नयाँ सीईओ पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही