दोस्रो राउण्डमा प्रकाशमानले देउवालाई सघाउने (भिडियोसहित)
काठमाडौं । प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।
देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्याउनुपर्ने देखिएको उनको भनाइ छ । उनले भने–‘तपाईले उठाउँदै आउनुभएको जुन मुद्दाहरू छन्, यो पार्टीलाई व्यवस्थित गर्ने, पार्टीमा सुधार ल्याउने, पार्टीको विधानमा जहाँ–जहाँ, पार्टीलाई सुचारु रूपमा सञ्चालन गर्न अप्ठ्यारो परेका छन् । यो विधानलाई संशोधन पनि गर्न सक्ने त्यसमा सबैमा मेरो साथ हुन्छ र मैले उठाउँदै आएको नेतृत्व परिवर्तनको कुरालाई लिएर अहिले जुन म्यान्डेट आएको छ, त्यो म्यान्डेटलाई फेरि पनि तपाईंको समर्थन भयो भने अझ प्लस हुने भएकाले तपाईंले समर्थन जनाउनुपर्‍यो भनेर मलाई भनेको कारणले गर्दा खेरी मैले उहाँलाई के भनेको छु भन्दाखेरी तपाईंले यी सबै कुराहरु, तपाईको कार्यशैलीमा परिवर्तन गर्ने पनि प्रतिवद्धता गर्नुभएको हुनाले, पार्टीलाई सुधार गर्नको लागि आउँदो दिनहरूमा, आउँदो तिनै तहको निर्वाचनमा पनि काँग्रेसको बलियो र बहुमतको रूपमा, काँग्रेस नम्बर वान पार्टीको रूपमा गर्नका लागि सल्लाह गरेर गर्छु भनेका कारणले गर्दा खेरी अब यो सेकेण्ड राउण्डको मतदान हुँदा खेरी मैले मलाई समर्थन गर्नुहुने, खास गरेर सुजाताजी पनि आउनुभएको थियो । विश्वप्रकाशजी सँग पनि मैले सल्लाह गरेको छु । म उठ्दा मलाई सहयोग गर्नुहुने साथीहरू सँग पनि मैले वान टु वान सबैसँग कुरा गरेको छु । आउने सेकेण्ड राउण्डमा शेरबहादुर देउवाको पक्षमा मत दिन मैले अनुरोध गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण