आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पहिलो टी-२० मा वेस्टइण्डिजलाई पाकिस्तानले हरायो

मङ्गलबार, २८ मङ्सिर २०७८, १० : २१
मङ्गलबार, २८ मङ्सिर २०७८

पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ । घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी-२० को शृंखलामा १-० को अग्रता बनाएको हो । 

२०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो ।  वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले २४ रनको योगदान दिए । 

पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । यस्तै शादब खानले ३ विकेट लिए ।  यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए । यस्तै हैदर अलीले ६८ रनको योगदान दिए । वेस्टइन्डिजका रोमारियो शेफर्डले २ विकेट लिए । अब,  दोस्रो खेल मंगलबार हुनेछ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप