डलरको मूल्य स्थिर, अन्य देशको मुद्राको विनिमयदर कति ?
![डलरको मूल्य स्थिर, अन्य देशको मुद्राको विनिमयदर कति ?](https://rpcdn.ratopati.com/media/albums/us_dollor_vMQwVu7ZmH.jpg)
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा र बिक्री दर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यो अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च हो । यो मूल्य दुई दिनदेखि स्थिर छ ।
युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ २९ पैसा र बिक्री दर १३६ रुपैयाँ ९६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २१ पैसा र बिक्री दर १६१ रुपैयाँ कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ७८ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९७ पैसा र बिक्री दर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन भएन अपेक्षाकृत बजेट खर्च ?
-
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेज गर्नुपर्छ : अर्थविद् पौडेल
-
संघीयतालाई दोष दिने ठाउँ छैन, दोषी हामी हौँ
-
नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध
-
गण्डकी प्रदेशको समुन्नतिको यात्रा
-
साविक विजेता नेपालगञ्ज सेन्ट जेभियर्स र होप इन्टरनेशनलबिच उद्घाटन खेल