ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति कार्यक्रम : ट्यूशनदेखि परीक्षा शुल्कसम्म छुट

ब्रिटिश एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यताप्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ उपलब्ध घोषणा गरेको छ । यो छात्रवृत्ति एक जना नयाँ विद्यार्थीलाई उपलब्ध गराइने र पूर्ण ट्युसन, विश्वविद्यालय दर्ता र पढाइ अवधिभर परीक्षा शुल्कहरू तिर्नुनपर्ने कलेजले जानकारी दिएको छ ।
ओहाय परिवारद्वारा प्रदान गरिने यो फेलोसिप ब्रिटिश कलेजमा विश्वव्यापी शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पविपन्न विद्यार्थीहरूलाई मद्दत गर्ने विशेष उद्देश्यका साथ योग्य स्नातक आवेदकहरूका लागि तयार गरिएको कलेजले जनाएको छ । ओहाय परिवारले कलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभूमिका विद्यार्थीहरूको पहुँचमा पुगोस् भन्ने उदेश्यले यो फेलोसिप उपलब्ध गराउन लागेको हो ।
स्नातक तहका कोर्सहरू बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यू कोर्स बीएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
छात्रवृत्तिमा अध्ययन गर्नका लागि आफु सक्षम रहेकोबारे जानकारी विद्यार्थीहरूले https://bit.ly/3lkE03d लिंकमार्फत दिन सक्नेछन् । २५ डिसेम्बर, २०२१ सम्म आवेदन दिइसक्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
-
आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता
-
रुख काट्ने क्रममा च्यापिएर मृत्यु