शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिप्परको ठक्करबाट युवकको मृत्यु

सोमबार, २७ मङ्सिर २०७८, २१ : १५
सोमबार, २७ मङ्सिर २०७८

तनहुँको छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको टिप्परको ठक्करबाट आज साँझ एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमाल रहेका छन् । 

छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग१क २९१५ नम्बरको टिप्परले ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको र घटनाको अनुसन्धान थालिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ठक्कर दिएको विरोधमा स्थानीयवासीले टिप्परमाथि तोडफोड र दोषीमाथि कारबाहीको माग गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप