बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगको नयाँ ड्र : पीएसजीको सामना रियलसँग

सोमबार, २७ मङ्सिर २०७८, २० : ३९
सोमबार, २७ मङ्सिर २०७८

प्राविधिक समस्या भन्दै पुनः गरिएको च्याम्पियन्स लिगको अन्तिम १६ को ड्रमा १३ पटकको विजेता रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनको सामना गर्ने भएको छ । यसअघि पीएसजीले म्यानचेस्टर युनाइटेडसँग सामना गर्नुपर्ने थियो ।

साबिक विजेता चेल्सीले फ्रेन्च च्याम्पियन लिलको सामना गर्नेछ भने प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिजबनको सामना गर्नेछ । ६ पटकको विजेता लिभरपुलले तीनपटकको विजेता इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । म्यान्चेस्टर युनाइटेडको भिडन्त स्पेनिस च्याम्पियन एथ्लेटिको म्याड्रिडसँग हुनेछ ।

अन्तिम १६ को पहिलो लेग १५, १६, २२ र २३ फेब्रुअरीमा खेलिनेछ । दोस्रो लेग ८,९, १५ र १६ मार्चमा खेलिनेछ । यस सिजनदेखि अवे गोलको नियम हटाइएको छ । १८० मिनेटको खेलपछि पनि गोल बराबरी भए अतिरिक्त समयमा जानेछ भने त्यसमा पनि निर्णय नभए पेनाल्टी खेलाइनेछ । यो सिजनको फाइनल २८ मेमा रुसमा खेलिनेछ ।

यस्तो छ ड्र
रेडबुल साल्जबर्गविरुद्ध बायर्न म्युनिख
स्पोर्टिङ लिजबनविरुद्ध म्यानचेस्टर सिटी
बेनफिकाविरुद्ध आयाक्स
एथ्लेटिको म्याड्रिडविरुद्ध म्यानचेस्टर युनाइटेड
भिल्लेरियालविरुद्ध युभेन्टस
इन्टर मिलानविरुद्ध लिभरपुल
पीएसजीविरुद्ध रियल म्याड्रिड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप