बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

पुलिस संकटासँग स्तब्ध, जावलाखेललाई पहिलो अंक

सोमबार, २७ मङ्सिर २०७८, १९ : ०५
सोमबार, २७ मङ्सिर २०७८

संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै जारी लिगमा राधाीनमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकाल्दा दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै जावलाखेल युथ क्लबले खाता खोलेको छ । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको दिनको पहिलो खेलमा संकटले विभागीय टोली पुलिसलाई १–० ले हराउँदै जारी लिगमा दोस्रो जित निकाल्न सफल भएको छ । निकै रोमाञ्चक बनेको खेलमा संकटले पहिलो हाफमा निकालेको अग्रता स्पष्ट तीन अंकका लागि पर्याप्त भयो । संकटालाई जित दिलाउन निरज बस्नेतले १८औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । लक्ष्मण रुचालको कर्नरमा लक्ष्मणले डाइभिङ हेडमार्फत संकटालाई सुरुआती अग्रता दिलाएका हुन । यससँगै निरजले संकटाका लागि तेस्रो गोल गर्दा जारी लिगमा गोल संख्या ५० पुगेको छ ।

पछि परेसँगै खेल अवधिभर संकटा पुलिसविरुद्ध हावी नै रह्यो । सुरुवातबाटै संकटाले पुलिसविरुद्ध आक्रामक खेल देखाउँदा विभागीय टोलीले राम्रो प्रदर्शन गर्न सकेन ।

यस जितसँगै संकटा लिगको चौंथो स्थानमा उक्लिएको छ । संकटाले ४ खेलमा ८ अंक जोडेको छ । संकटाको यो जारी लिगमा लिगमा दोस्रो जित हो । पुलिसले भने लिगमा पहिलो हार व्यहोरेको छ । पुलिसले ४ खेलमा ५ अंक जोडेको छ । पुलिस लिगको सातौं स्थानमा रहेको छ । यस अघिको खेलमा पुलिसले पुनरागमनमा १–१ को बराबरी खेल्दै तालिकामा अंक जोडेको थियो ।

लिग अन्तर्गत आजै भएको दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई गोल रहित बराबरीमा रोक्दै जारी लिगमा पहिलो अंक खोल्न सफल भएको हो । अघिल्लो सबै खेलमा नतिजा सुम्पिएको जावलाखेल युथ क्लबले अंकका लागि खेलेको थियो । सो क्रममा विदेशी खेलाडीले खेल अवधिभर धेरै अवसर पाए पनि सदुपयोग गर्न असफल भएका थिए ।

बराबरीपछि बिबिसीको ४ खेलबाट ५ अंक पुगेको छ । समान ५ अंक नै रहेपनि बिबिसी थ्री स्टार, पुलिस र एनआरटीभन्दा पछि रहँदै नवौं स्थानमा छ । लिगमा पहिलो अंक जोडेको जावलाखेलले एपिएफलाई पछि पार्दै १३औं स्थानमा उक्लिएको छ ।

यससँगै सहिद स्माकर ए डिभिजन लिगमा चौथो चरणका खेल पनि सकिएका छन् । चौथो चरणको खेल सकिँदा साविक विजेता मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा उक्लिँदा समान १० अंक जोडेको मनाङ मस्र्याङ्दी फुटबल क्लब तालिकाको दोस्रो स्थानमा रहेको छ । चार खेलबाट ८ अंकका साथ त्रिभुवन आर्मी फुटबल क्लब तालिकाको तेस्रो स्थानमा छ । लिगमा पाँचौ चरणका खेलका पुस २ गतेबाट हुने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप