शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगको ड्र पुनः गरिने

सोमबार, २७ मङ्सिर २०७८, १९ : ००
सोमबार, २७ मङ्सिर २०७८

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र पुनः गरिने भएको छ । प्राविधिक कारणले कुन टोलीले कुनसँग खेल्न मिल्छ भन्ने विषयमा गल्ती भएको बताउँदै युरोपेली फुटबलको नियामक निकायले यसअघिको ड्रलाई रद्द गर्दै पुनः ड्र गर्न लागेको हो ।

यसअघिको ड्रमा दुई सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः आमले सामने हुने भएका थिए । सोमबार सार्वजनिक गरिएको ड्रमा पेरिस सेन्ट जर्मेनको सामना म्यानचेस्टर युनाइटेडसँग हुने तय भएको थियो ।

अन्तिम १६ को पहिलो लेग १५, १६, २२ र २३ फेब्रुअरीमा खेलिनेछ । दोस्रो लेग ८,९, १५ र १६ मार्चमा खेलिनेछ । यस सिजनदेखि अवे गोलको नियम हटाइएको छ । १८० मिनेटको खेलपछि पनि गोल बराबरी भए अतिरिक्त समयमा जानेछ भने त्यसमा पनि निर्णय नभए पेनाल्टी खेलाइनेछ । यो सिजनको फाइनल २८ मेमा रुसमा खेलिनेछ ।

यस्तो थियो रद्द गरिएको ड्र

बेनभिकाविरुद्ध रियल म्याड्रिड

भिल्लेरियालविरुद्ध म्यानचेस्टर सिटी

एथ्लेटिको म्याड्रिडविरुद्ध बायर्न म्युनिख

रेडबुल साल्जबर्गविरुद्ध लिभरपुल

इन्टर मिलानविरुद्ध आयाक्स

स्पोर्टि लिजबनविरुद्ध युभेन्टस

चेल्सीविरुद्ध लिल

पीएसजीविरुद्ध म्यानचेस्टर युनाइटेड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप