तनहुँमा गणेशमानको चर्चा
शुक्रबार, २४ कात्तिक २०७४, १४ : ५२

तनहुँ– तनहुँको दमौलीमा ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको १०३ औँ जन्मजयन्ति मनाइएको छ । सो अवसरमा दमौलिस्थित
गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले गणेशमान सिंह त्याग र वलिदानको प्रतिमूर्ति भएको बताउदै उनले देखाएको बाटोमा सबै नेपाली जनता हिड्नुपर्नेमा जोड दिए ।
अबसरमा नेपाली काङ्ग्रेसका केन्द्रिय गोबिन्द भट्टराई,रघुनाथ पौडेल,लक्ष्मी आचार्य,रामचन्द्र पोख्रेल,मोतिकुमार श्रेष्ठ,स्यामकृष्ण मल्ल, अमरराज कैनि,समुन्द्र गोदार, दोबाटे विक लगायतले गणेशमान सिँहको योगदानको बारेमा चर्चा गरेका थिए ।