शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

सोमबार, २७ मङ्सिर २०७८, १७ : ५५
सोमबार, २७ मङ्सिर २०७८

दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेकी छन् । 

ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप