बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो बन्यो ओलीको टीम : ग्राफिक्समा हेर्नुहोस्

सोमबार, २७ मङ्सिर २०७८, १७ : १६
सोमबार, २७ मङ्सिर २०७८

चितवनको सौराहाबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर काठमाडौं फर्किएको नेकपा एमालेले नेपाली काँग्रेसको महाधिवेशनकै छेको पारेर भक्तपुरमा शनिबार आफ्नो पहिलो केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेको छ । बैठकले  स्थायी कमिटी र पोलिटब्युरो कमिटी बनाउनुका साथै १० प्रतिशत केन्द्रीय सदस्यहरुको मनोनयन समेत गरेको छ ।

एमाले बैठकले प्रदेश कमिटीका इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र सचिवहरु पनि तोकेको छ । करिब डेढ दर्जन विभागका प्रमुखहरु पनि तोकेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । विभागका प्रमुख र प्रदेशका पदाधिकारी बाहेक अन्य जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरुको पूर्ण विवरण भने सार्वजनिक हुन बाँकी छ ।​

​नेकपा एमालेले पदाधिकारीहरुको बरियताक्रम समेत तोकेको छ । यसक्रममा एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई माओवादीबाट आएका रामबहादुर थापाभन्दा पछाडिको वरियतामा राखिएको छ । त्यसैगरी पहिल्यै सचिव भइसकेका सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलाई रघुवीर महासेठभन्दा तल्लो वरियतामा राखिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव ‘शंकर पोखरेलले समग्र पार्टी हेर्ने’ जिम्मेवारी पाएका छन् भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान विभागको जिम्मा पाएका छन् । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङ, आर्थिक विष्णु रिमाल र भीष्म अधिकारीले कार्यालय सचिवको जिम्मा पाएका छन् ।

नेकपा एमालेको बैठकले गरेको टीम विन्यासलाई हामीले यहाँ ग्राफिक्समा देखाउने प्रयास गरेका छौं – हेर्नुहोस् ग्राफिक्समा केपी ओलीको टीम –

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप