शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

मंसिरमा वाणिज्य बैंकहरूको स्थिति : निक्षेप १२ अर्ब घट्दा कर्जा ४२ अर्ब रुपैयाँ विस्तार

सोमबार, २७ मङ्सिर २०७८, १६ : ५०
सोमबार, २७ मङ्सिर २०७८

निक्षेप तान्न ब्याजदर बढाएका वाणिज्य बैंकहरू लक्ष्य हात पार्न विफल देखिएका छन् । मंसिरको २४ दिनमा वाणिज्य बैंकहरूको निक्षेप १२ अर्ब रुपैयाँले घटेको छ । ऋण ४२ अर्ब रुपैयाँ विस्तार भएको तथ्यांक बैंकर्स संघले उपलब्ध गराएको छ ।
बैंकहरूले प्राप्त निक्षेपको ९१.४९ प्रतिशतसम्म रकम कर्जा प्रवाह गरेका छन् । मौद्रिक नीतिमार्फत गरिएको व्यवस्थाअनुसार बैंकहरूले निक्षेपको ९० प्रतिशत रकममात्रै झिकेर ऋण दिन पाउँछन् । तर, तरलता संकुचन बढ्दै जाँदा बैंकहरूले कर्जा निक्षेप (सीडी) अनुपात काम गर्न नसकेका हुन् । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्म यस्तो अनुपात सीमाभित्र ल्याउन निर्देशन दिइसकेको छ । 

पछिल्लो एक सातामै वाणिज्य बैंकमा पाँच अर्ब निक्षेप घटेको छ भने कर्जा प्रवाह सात अर्ब रुपैयाँ बढेको छ । साउन यताको तथ्यांक विश्लेषण गर्दा २० अर्ब रुपैयाँ निक्षेप बढेको देखिएको छ भने तीन अर्ब ५६ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको छ । यतिखेर बैंकहरूमा कुल निक्षेप ४२ अर्ब २१ अर्ब र कूल कर्जा ४० अर्ब ७७ अर्ब रुपैयाँ पुगेको देखिएको छ ।

कोरोना महामारी निम्ति लगाइएको प्रतिबन्ध खोलिएपछि र बजार चलायमान भएपछि बचतकर्ताले निक्षेप झिकेका छन् भने लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने क्रम बढेको छ । हाल नेपालमा तरलता संकुचन बढ्नुको मुख्य कारण यही हो । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले साविक पूँजी–कर्जा–निक्षेप अनुपात खारेज गरी कर्जा–निक्षेप अनुपात कायम गर्दा पनि बैंकहरूले कर्जा दिन मिल्ने रकम अभाव झेलिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप