काँग्रेसको मतदान : मतपत्र नहुँदा घण्टौँ लाइन
सोमबार, २७ मङ्सिर २०७८, १६ : १९

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको व्यवस्थापन पक्ष कमजोर देखिएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान १२ पछिमात्रै सुरु भएपनि आवश्यक मतपत्र मतदान केन्द्रमा आइनपुग्दा मतदाताहरु घण्टौ लाइनमा बस्न बाध्य भएका छन् ।
ढिलोगरी मतपत्र आएपछि निर्वाचन अधिकृतलाई मतपत्रमा हस्ताक्षर गर्न समेत समय लाग्दा असहज भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा तथा राष्ट्रिय सभागृहमा एक स्थानमा मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । काँग्रेस विधानानुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
काँग्रेसमा सभापतिका उम्मेदवार मात्रै ५ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेक लागेर पर्यटकको मृत्यु
-
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण
-
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप
-
लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय : सभामुख घिमिरे
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू