काँग्रेसको मतदान : मतपत्र नहुँदा घण्टौँ लाइन
सोमबार, २७ मङ्सिर २०७८, १६ : १९
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको व्यवस्थापन पक्ष कमजोर देखिएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान १२ पछिमात्रै सुरु भएपनि आवश्यक मतपत्र मतदान केन्द्रमा आइनपुग्दा मतदाताहरु घण्टौ लाइनमा बस्न बाध्य भएका छन् ।
ढिलोगरी मतपत्र आएपछि निर्वाचन अधिकृतलाई मतपत्रमा हस्ताक्षर गर्न समेत समय लाग्दा असहज भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा तथा राष्ट्रिय सभागृहमा एक स्थानमा मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । काँग्रेस विधानानुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
काँग्रेसमा सभापतिका उम्मेदवार मात्रै ५ जना रहेका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण