पुसमा वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने
नेपालमा रहेका कूल २७ वाणिज्य बैंकले पुस महिनामा ब्याजदर नबढाउने भएका छन् । तरलता खिच्न अघिल्ला महिनामा निक्षेप ब्याजदर निरन्तर बढाएपनि खासै उपलब्धि नभएपछि सबै वाणिज्य बैंकहरूले ब्याजदर यथावत् राख्ने भएका हुन् । मंसिर महिनामा बैंकहरूले अधिकतम १०.०५ प्रतिशत ब्याजदर निर्धारण गरेका थिए ।
पुसका लागि पर्सी बुधबार (मंसिर २९) सम्म बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरिसक्नुपर्ने हुन्छ । तर, नेपाल बैंकर्स संघ (एनबीए) ले ब्याजदर नबढाउन विकास बैंक र फाइनान्स कम्पनी संघलाई पनि सहमत गराउँदैछ । संघ र वित्तीय क्षेत्रका यी दुई छाता संस्थाका प्रतिनिधिबीच आज ब्याजदर नबढाउनेबारे छलफल भइसकेको छ । यसबारे निर्णय गर्न दुई संस्थाका प्रतिनिधिहरूले थप एक दिन समय मागेका छन् ।
संघले ब्याजदर नबढाउने सहमतिका लागि पठाएको पत्रमा मंगलबारसम्म सबै बैंकरले हस्ताक्षर गर्ने जानकारी दिएको छ । सो पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले हस्ताक्षर गर्दैछन् । गत शुक्रबार बसेको संघको पूर्ण बैठकमा पुसमा ब्याजदर नबढाउने सहमति भैसकेको छ ।
निक्षेपमा नबढेपनि कर्जामा भने माघ महिनादेखि ब्याजदर बढ्नेछ । हाल विकास बैंकहरूले निक्षेपमा अधिकतम १०.२५ र फाइनान्सहरूले अधिकतम १०.३५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण