पुसमा वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने

नेपालमा रहेका कूल २७ वाणिज्य बैंकले पुस महिनामा ब्याजदर नबढाउने भएका छन् । तरलता खिच्न अघिल्ला महिनामा निक्षेप ब्याजदर निरन्तर बढाएपनि खासै उपलब्धि नभएपछि सबै वाणिज्य बैंकहरूले ब्याजदर यथावत् राख्ने भएका हुन् । मंसिर महिनामा बैंकहरूले अधिकतम १०.०५ प्रतिशत ब्याजदर निर्धारण गरेका थिए ।
पुसका लागि पर्सी बुधबार (मंसिर २९) सम्म बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरिसक्नुपर्ने हुन्छ । तर, नेपाल बैंकर्स संघ (एनबीए) ले ब्याजदर नबढाउन विकास बैंक र फाइनान्स कम्पनी संघलाई पनि सहमत गराउँदैछ । संघ र वित्तीय क्षेत्रका यी दुई छाता संस्थाका प्रतिनिधिबीच आज ब्याजदर नबढाउनेबारे छलफल भइसकेको छ । यसबारे निर्णय गर्न दुई संस्थाका प्रतिनिधिहरूले थप एक दिन समय मागेका छन् ।
संघले ब्याजदर नबढाउने सहमतिका लागि पठाएको पत्रमा मंगलबारसम्म सबै बैंकरले हस्ताक्षर गर्ने जानकारी दिएको छ । सो पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले हस्ताक्षर गर्दैछन् । गत शुक्रबार बसेको संघको पूर्ण बैठकमा पुसमा ब्याजदर नबढाउने सहमति भैसकेको छ ।
निक्षेपमा नबढेपनि कर्जामा भने माघ महिनादेखि ब्याजदर बढ्नेछ । हाल विकास बैंकहरूले निक्षेपमा अधिकतम १०.२५ र फाइनान्सहरूले अधिकतम १०.३५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल