शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

सोमबार, २७ मङ्सिर २०७८, २० : ००
सोमबार, २७ मङ्सिर २०७८

 संघीय संसद सचिवालयले मंगलबारका लागि बोलाइएको संसद (प्रतिनिधि सभा ) बैठकका ५ सम्भावित कार्यसुची तय गरेको छ । सचिवालयका अनुसार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्बन्धी पत्र पढेर सुनाउने,अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची तय भएको छ । 

जसमा गृहमन्त्री वालकृष्ण खाँणले तीनवटा अध्यादेश पेश गर्नेछन् । गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८,तेजाव तथा अन्य घातक रसायनीक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्नेछन् । त्यस्तै भौतिक पुर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्व अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंशाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बनधी अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप