एनएमबीको भीकेवाईसीमार्फत खाता खोल्दा पहिलो कारोबारमा २,५०० सम्म फाइदा
एनएमबी बैंकले नयाँ खाता खोल्न भिडियो कलमार्फत अनलाइनबाट केवाईसी विवरणहरू अद्यावधिक गर्न सकिने योजना ल्याएको छ । योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल र इन्टरनेट बैंकिङ्ग) मार्फत दैनिक उपभोग्य बस्तु खरिद, विद्यायलको शुल्क, टपअप लगायतमा २,५०० वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको हो । एनएमबी बैंक नेपाली बैंकिङ्ग जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रूपमा खाता खोल्ने प्रक्रिया थालनी गर्ने पहिलो बैंक हो ।
बैंकका अनुसार ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ्ग गतिविधिहरू संचालन गर्न सक्दछन् । ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शीता, त्रुटिरहित र कागजविहीन बैंकिङ्ग प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरणमैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपूति गर्नु रहेको बैंकले जानकारी दिएको छ ।
एमएमबी बैंक हालै यस क्षेत्रमा एसियाकै सर्वाेत्कृष्ट उपाधी ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । यसअघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्याङ्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ । बैंकले देशभर २०१ शाखा, १३८ एटीएम र नौ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन