मतदान केन्द्र रुँघेर बसे देउवा
नेपाली काँग्रेसको १४ महाधिवेशन अन्र्तगत नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ । बिहान १२ बजेबाट सुरु भएको मतदानमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, शेखर कोईराला, प्रकाशमान सिंह लगायतले मतदान गरिसकेका छन् ।
सुरुमै मतदान गरेका देउवा मतदानपछि बाहिरिएपनि केहीबेरपछि फेरि मतदानस्थल प्रवेश गरेका छन् । देउवा राष्ट्रिय सभागृहको मतदान केन्द्रको छेवैमा कुर्सी राखेर बसिरहेका छन् । मतदाता लाइन लागेर मत खसाल्न जाने बाटो छेवैमा बसेका देउवालाई मतदाताले देख्दा नमस्कार समेत गर्ने गरेका छन् ।
काँग्रेस निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा तथा राष्ट्रिय सभागृहमा एक स्थानमा मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।
काँग्रेस विधानानुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण