आनन्दित छु, उत्साह जागेको छ : निधि
सोमबार, २७ मङ्सिर २०७८, १४ : ०२

काँग्रेस महाधिवेशनमा सभापतिका प्रत्यासी मध्येका एक विमलेन्द्र निधिले प्रतिनिधिहरुको सहानुभूति र सद्भाव रहेकाले आफु जित्नेमा विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै निधिले विगतका महाधिवेशनभन्दा यो पटक आफुलाई फरक अनुभूति भएको समेत बताए ।‘
अरु बेलामा म अरुलाई सभापति बनाउन लागेको थिएँ । आज आफैं सभापति बन्नका लागि निर्वाचनमा भाग लिएको छु’, निधिले भने, ‘आनन्दित छु, उत्साह जागेको छ’, उनले भने, ‘प्रतिनिधिहरुको सहानुभूति र सद्भाव पाएको छु ।’ उनले आफु सभापतिमा निर्वाचित भए देश र जनताको अधिकारका लागि काम गर्ने भन्दै देशको सम्मृद्धि नै आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त