आनन्दित छु, उत्साह जागेको छ : निधि
सोमबार, २७ मङ्सिर २०७८, १४ : ०२
काँग्रेस महाधिवेशनमा सभापतिका प्रत्यासी मध्येका एक विमलेन्द्र निधिले प्रतिनिधिहरुको सहानुभूति र सद्भाव रहेकाले आफु जित्नेमा विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै निधिले विगतका महाधिवेशनभन्दा यो पटक आफुलाई फरक अनुभूति भएको समेत बताए ।‘
अरु बेलामा म अरुलाई सभापति बनाउन लागेको थिएँ । आज आफैं सभापति बन्नका लागि निर्वाचनमा भाग लिएको छु’, निधिले भने, ‘आनन्दित छु, उत्साह जागेको छ’, उनले भने, ‘प्रतिनिधिहरुको सहानुभूति र सद्भाव पाएको छु ।’ उनले आफु सभापतिमा निर्वाचित भए देश र जनताको अधिकारका लागि काम गर्ने भन्दै देशको सम्मृद्धि नै आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण