पहिलो चरणमै नेतृत्वको टुंगो लाग्छ : बालकृष्ण खाँण
सोमबार, २७ मङ्सिर २०७८, १३ : ५७
नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी रहेको हो ।
शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् । कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने काँग्रेस विधानमा उल्लेख छ ।
तर, पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने देउवा समूहबाट सदस्यमा पदमा उम्मेदवारी दिएका बालकृष्ण खाँणले दावी गरे ।
मतदान गरेर बाहिरिने क्रममा उनले पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने दावी गरेका हुन् ।
देउवा सभापतिमा निर्वाचित हुने दाबी गरेका उनले गठबन्धनको सरकार टिकाउन पनि देउवा काँग्रेसको नेतृत्वमा आउन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण