सेयर बजारमा १०० अंकको पहिरो
सोमबार, २७ मङ्सिर २०७८, १३ : ३२
साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक सय अंकको गिरावट आएको छ । दिउँसो साढे १ सम्ममा बजारमा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंकमा आइपुगेको छ ।
यसक्रममा अहिलेसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । यसअघि, नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार पार्टीको प्रदेश सम्मेलनमा सम्बोधन गर्दै पूँजी बजारलाई साम्राज्यवादको संज्ञा दिएका थिए ।
तरलता अभावका कारणले ओरालो गतिमा रहेको बजार प्रचण्डको सम्बोधन आएपछि झनै ओरालो लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण