काँग्रेस महाधिवेशन : देउवाले गरे मतदान
सोमबार, २७ मङ्सिर २०७८, १२ : ५१

काँग्रेस सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा देउवाले मतदान गरेका हुन् ।
त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइरालाले पनि मतदान गरेका छन् । मतदान गरेलगत्तै सभापति देउवा फर्किएका छन् । अहिले मतदान जारी छ ।