काँग्रेसको चुनावमा पत्रकारको क्यामेरा डाउन
सोमबार, २७ मङ्सिर २०७८, १२ : ०६

नेपाली काँग्रेसको निर्वाचन समितिले सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि क्यामेरा डाउन गरेका छन् । निर्वाचनस्थल राष्ट्रिय सभागृहमा काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई निर्वाचन समितिले बाहिर निकाल्न खोजेपछि सञ्चारकर्मीहरूले क्यामेरा डाउन गरेर विरोध गर्दै भुइँमा बसेका हुन् ।
सञ्चारकर्मीलाई सुरक्षाकर्मीले समाचार संकलन गर्न नदिएर बाहिर निकाल्न धकेलेको गुनासो गरेका छन् । यसैबीच सञ्चारकर्मीलाई भएको असहजताप्रति काँग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेका छन् । त्यसपछि सञ्चारकर्मीहरु काममा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज