जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी
![जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी](https://rpcdn.ratopati.com/media/albums/ck_raut_virkutimandap_12_6MWq3wTPHd.jpg)
सिके राउत नेतृत्वको जनमत पार्टीको बस्न लागेको केन्द्रीय समितिका लागि एजेण्डा तय गर्न आज कार्यकारिणी समितिको बैठक बसिरहेको छ । जनकपुरमा चलिरहेको कार्यकारिणी समितिको बैठकमा भोलि बस्ने केन्द्रीय समितिमा छलफल हुने विषय तय गर्ने, तीन महिनासम्म चलेको आन्दोलन तथा विभिन्न नगर समिति बैठकको समेत समीक्षा गरिने सो पार्टीका महासचिव चन्दन सिंहले बताए ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले पश्चिम मधेसको तीन जिल्लाका विभिन्न पालिकाबाट माटो सङ्कलन गरेका छन् । माटो सङ्कलन अभियानको प्रभाव र उपलब्धिको विषयमा समेत छलफल सो बैठकमा हुने बताइएको छ । बाँकी रहेका १७ वटा जिल्लामा पनि मोटो सङ्कलन गर्ने कार्यक्रम रहेको छ । ती जिल्लामा कहिलेबाट सङ्कलनको काम सुरु गर्ने विषयमा पनि छलफल हुने उनले बताए । जनमत पार्टीको केन्द्रीय समितिको बैठक भोलि धनुषाको ढल्केबरमा बस्न लागको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म