देउवाको प्यानलमा शशांकको नाम
सोमबार, २७ मङ्सिर २०७८, ०७ : ०८
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको छ । यसअघि संस्थापनइतर पक्षबाट आफै सभापतिको उम्मेदवार रहेका शशांक साझा उम्मेदवार तय गर्नका लागि ब्याक भएका थिए ।
तर, शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उनी असन्तुष्ट बनेका थिए । शेखर टीममा आफू निकट तीन जना नेताको नाम काटिएपछि शशांक शेखरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गएका थिएनन्। शेखरले उम्मेदवारी दर्ता गर्ने बेला पनि उनी आएका थिएनन् । यद्यपि शशांकको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ । शशांक आफै भने कुनै पनि प्यानलमा खुलेका छैनन् ।

शेखरको प्यानल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण