ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेछ : रावल
आइतबार, २६ मङ्सिर २०७८, २३ : ०४

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयप्रति असन्तुष्टि जनाएका छन् । नेता रावलले बैठकले गरेका मनोनयन र जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको बताए ।
बैठक सकिएलगत्तै ट्वीट गर्दै नेता रावलले भनेका छन्: ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो । यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो ।’ नेता रावलले यस्तो प्रवृत्ति हट्नु पार्टीमा हितमा हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)