शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले च्यात्यो प्रचार सामग्री (फोटो/भिडियो)

आइतबार, २६ मङ्सिर २०७८, २० : ०२
आइतबार, २६ मङ्सिर २०७८

प्रहरीले प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा सहित अन्य उम्मेदवारहरूको प्रचार सामग्री हटाएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी काँग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचार सामग्री राखेको भन्दै आइतबार साँझ प्रहरीले ती सामग्री हटाएको हो ।

दिनभरी प्रचार सामग्रीका रुपमा होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, ब्यानर, प्रचारका सामग्रीहरु राख्न दिइएपनि साँझ प्रहरीको टोलीले सडक किनारमा रहेका त्यस्ता सामग्री च्यातिरहेको थियो । शनिवार साँझपनि प्रहरीलाई त्यस्ता सामग्री हटाउन हटाएको थियो । आइतबार पनि ठूलो भीडले प्रचार सामग्री राखेपछि साँझ हटाउन लगाएको काँग्रेस महाधिवेशन निर्वाचन समितिका सदस्य एगराज पोखरेलले रातोपाटीलाई बताए ।  

पोखरेलले निर्वाचन आचारसंहिता अनुसार भृकुटीमण्डपका कुनै पनि क्षेत्रमा प्रचार सामग्री राख्न नपाइने, चुनाव प्रचार गर्न नपाइने बताउँदै सोमबार मतदानका समयमा अझ कडाइ गरिने बताए । उनले भने, ‘महाधिवेशनस्थलमा चुनाव प्रचारको होर्डिङ बोर्ड राख्न पाइँदैन, मतदान स्थलमा मोबाइल लिएर जान पाइँदैन । आचारसंहिता अनुसार नै हामी भृकुटीमण्डप सफा गरिरहेका छौँ । हिजो भृकुटीमण्डप सफा गरेका थियौँ, आज साँझ पनि प्रहरीले सफा गरेको छ । दिनभरी जुलुस थियो उनीहरुले राखे, अहिले सफा गरिसकेका छौँ ।’

उनले भृकुटीमण्डपदेखि पुतलीसडकसम्म सडकमा राखिएका चुनावी प्रचार सामग्री हटाइने बताए । उनले सोमबार मतदानका समयमा निर्वाचन स्थल आसपास भोट माग्दै जुलुस निकाल्न समेत नपाइने बताए । 
पोखरेलले आचारसंहिता कार्यान्वयन भइरहेको बताएपनि काँग्रेस महाधिवेशनमा उम्मेदवारहरुले आचारसंहिता विपरित प्रचार गरिरहेका छन् । परम्परागत शैलीमा कागज तथा फ्लेक्स छपाइका लागि उनीहरुले ठूलो मात्राको धनराशी खर्च गरेका छन् । यतिबेला भृकुटीमण्डको सडक तथा भित्ताहरु त्यस्ता प्रचार सामग्रीले छपक्कै छोपिएको छ । 

हेर्नुहोस् भिडियो : 

फोटो हेर्नुहोस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप