देउडा नाच्दै, देउवालाई भोट माग्दै (भिडियो)
काठमाडौंको भृकुटीमण्डपमा जारी काँग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारहरूले विभिन्न शैलीको प्रयोग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि सभापतिमा जिताउन कांग्रेसका सुदूरपश्चिमका कार्यकर्ताले देउडा गाउँदै भोट मागिरहेका छन् । आइतबार बिहानैदेखि भृकुटीमण्डप सडकमा गोलो घेरा हालेर उनीहरु देउडा भाकामा देउवालाई जिताउन भोट माग्न व्यस्त थिए ।
उता सोलुखुम्बुका कांग्रेस नेता आङगेलु शेर्पाले भने शेर्पाहरुको शेली नाच प्रस्तुत गर्दै भोट मागिरहेका थिए । शेर्पा पोसाकमा हातमा तरबार तथा चौरीको पुच्छरको चमर बोकेर फनफनी घुम्दै उनीहरु शेर्पालाई जिताउन भोट मागिरहेका थिए ।
यस्तै सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहलाई जिताउन भन्दै छातामा चारैतिर भोट मागिएको पोष्टरहरु झुन्ड्याएर नारा लगाउने समूहहरु सडकमा घुमिरहेको थियो । महामन्त्रीका उम्मेदवार गगन थापाको चुनाव प्रचार भृकुटीमण्डप सडक किनारमा डिजिटल डिस्प्ले मार्फत भइरहेको थियो । त्यहाँ थापाको बारेमा डकुमेन्ट्री शैलीको चुनावी प्रचार सामग्री बजिरहेको थियो ।

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकाहरुले आफ्नो संस्कृति अनुसारको भेषभूषामा नाँच गान गर्दै भोट मागिरहेका थिए । थारु, मगर, शेर्पा, नेवार जातीविषेशको झाँकीमा उनीहरुले भोट मागिरहेका छन् । सोमबार बिहान ८ बजेबाट कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया शुरु हुँदैछ ।
हेर्नुहोस् भिडियो :
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण