भृकुटीमण्डपको दृश्य : भोट माग्नेदेखि घाम ताप्नेसम्म
नेपाली काँग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डप र आसपासको क्षेत्रमा यतिबेला रौनक रहेको छ । चुनावी प्रक्रिया सुरु भएसँगै काँग्रेसका कार्यकर्ता आफ्नो उम्मेदवारको पक्षमा भोट माग्न व्यस्त देखिन्छन् । त्यसैले त चिसो काठमाडौंँ महाधिवेशनको माहौलले गर्माएको छ । भृकुटीमण्डपमा मात्रै होइन, हरेक गल्ली, चोकमा र चिया पसलमा समेत अबको नेतृत्व कसको होला भन्दै चर्चा परिचर्चा हुन थालेको छ ।
भोलि हुने चुनाका लागि भृकुटीमण्डपको चौरदेखि प्रदर्शनी मार्गको बाटोसम्म आआफ्नो प्यानललाई भोट माग्दै दिनभर कार्यकर्ताहरूले नारा जुलुस गरेका थिए भने चौरतिर घाम ताप्ने, आपसमा भलाकुसारी गर्नेदेखि बदाम खाँदै समय कटाउने कार्यकर्ताहरु पनि उस्तै देखिए । उसो त महाधिवेशनका कारण बदामको व्यापार बढेको व्यापारीहरुले बताएका छन् । भारत घर भएका नारायण प्रसाद यादवले अस्ति र हिजो राम्रो व्यापार भएको र आज पनि ठीकै भएको बताए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण