शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेले तोक्यो नेताको वरियताक्रम : ओली र पोखरेलपछि ज्ञवाली, सचिवमा रायमाझी र भट्ट अगाडि

आइतबार, २६ मङ्सिर २०७८, १७ : ३२
आइतबार, २६ मङ्सिर २०७८

नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली परेका छन् । त्यस्तै ज्ञवालीपछि अष्टलक्ष्मी शाक्य रहेकी छन् भने रामबहादुर थापा तेस्रो र विष्णु पौडेल चौथो वरियतामा छन् । पौडेल पछिको वरियतामा सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे छन् । त्यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिव प्रदीप ज्ञवाली पहिलो वरियतामा रहँदा पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाल तेस्रो वरियतामा छन् ।

यस्तो छ बरियताक्रम : 
अध्यक्ष : केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे  
महासचिव : शंकर पोखरेल
उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल  
सचिव : टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप