अहिलेको चुनौती सामना गर्न पार्टी र सरकारमा एउटै नेतृत्व आवश्यक : देउवा
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सामु विभिन्न चुनौती रहेको भन्दै ती चुनौती सामना गर्न पार्टी र सरकारको नेतृत्वमा एउटै व्यक्ति हुनुपर्ने खाँचो औंल्याएका छन् ।
आइतबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै देउवाले केपी शर्मा ओलीको शासनकालमा आम जनताले महसुस गरेको डर, त्रासबाट भर्खरै जनताले मुक्ति पाएको भन्दै भोलि त्यस्तै किसिमको शासन आउन सक्ने खतरा कायमै रहेको तर्फ सचेत गराए । उनले भने, ‘आगामी निर्वाचनबाट कम्युनिस्टको शासन, खासगरी ओलीको शासनबाट देशलाई मुक्त गराउन जरुरी छ ।’
आफूले निष्पक्ष चुनाव गराएर काँग्रेसको नेतृत्वमा तीनै तहमा सरकार बनाउने विश्वास पनि उनले दिलाए । उनले भने, ‘हामी उत्साहका साथ चुनावमा जानुपर्छ, महाधिवेशनबाट सभापति पदमा चुनिएर उत्साह बटुल्दै अहिलेको सरकारको नेतृत्व गरेर चुनाव सम्पन्न गराउने दायित्व छ ।’
उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै भएको खण्डमा स्थायित्व हुने पनि बताए । उनले भने, ‘पार्टी नेतृत्वमा एउटा, प्रधानमन्त्रीमा अर्को भएपछि काम गर्न असजिलो हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
-
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
