बालबालिकाका लागि १९ लाख ६६ हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो
आइतबार, २६ मङ्सिर २०७८, १५ : ४८
आइतबार १९ लाख ६५ हजार ६०० मात्रा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । उक्त मात्रामा मोडर्ना खोप आएको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।
गाभी र कोभ्याक्स सुविधा अन्तर्गत नै शुक्रबार १४ लाख ९७ हजार ६ सय मात्रा मोडर्ना खोप आएको आइसकेको छ । यस्तै, शुक्रबार, बिहीबार र आइतबार अर्थात् आज गरी ३६ लाख ५१ हजार ४०० मात्रा मोडर्ना खोप आइसकेको उनले बताए । सरकारले पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने तयारी गरेको छ । परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाकाअनुसार यो खोप ५७ जिल्लाका विद्यालयबाट बालबालिकालाई दिन सुरु गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने