आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको इकाई कार्यालय स्थापना

आइतबार, २६ मङ्सिर २०७८, १५ : ४५
आइतबार, २६ मङ्सिर २०७८

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेश २ मा इकाई कार्यालय स्थापना गरेको छ । प्रदेश २ को लक्ष्मीनिया गाउँपालिकास्थित सपहीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको इकाइ कार्यालयको स्थापना गरिएको हो ।

इकाई कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले सात वटै प्रदेशमा सो परिषदको इकाई कार्यालय स्थापना गर्न सरकारसँग माग गरे । उनले स्वास्थ्य क्षेत्र अति नै समवेदनशील भएकाले यसको स्थापनासँगै प्रदेश २ मा स्वास्थ्य क्षेत्रतर्फ अनुसन्धान गरी आम जनतालाई सचेतना गराउन आवश्यक रहेको बताए ।

परिषदले विभिन्न रोगको अनुसन्धान गर्दै उपचारमा सहयोग पु¥याउने विश्वास समेत उनले व्यक्त गरे । परिषदलाई आवश्यक पर्ने हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहने उनको भनाइ छ ।

परिषदका अध्यक्ष प्रा. डा. गेहनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रदेशसभा सदस्य राम अशिष यादव, स्वास्थ्य निर्देशनालय प्रमुख विजय कुमार झा, प्रादेशिक अस्पतालका प्रमुख डा. प्रमोद यादव, लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष विन्देश्वर यादवसहितको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप